ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

काठमाण्डौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५२ रन बनाए ।

सैफ जैबसँले १६ बलमा दुई चौका र चार छक्कासहित ३८ रन बनाए । ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र एक छक्कासहित ४२ रन थपे । यस्तै, कप्तान कुशल मल्लले १५ बलमा दुई छक्कासहित २० रन जोडे । कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिए । युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनको योगफल तयार गरेको हो ।

कर्णालीका लागि प्रियांक पन्चालले अर्धशतकीय इनिङ खेले । उनले ४८ बलमा ७ चौका, ६ छक्काको सहयोगमा ९० रन बनाए । यस्तै पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP