डाेल्पा । डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले विद्यालय अनुगमनलाई तिब्रता दिएको छ। पालिकाको शिक्षा शाखाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको अवस्था बुझ्न गत मंसिर १ गते सोमबारदेखि निरन्तर अनुगमन गरिरहेको शिक्षा शाखा प्रमुख यम प्रसाद शर्मा गौतमले जानकारी दिए।

शाखाले नगरपालिकाभित्र रहेको औतारी आधारभूत विद्यालयल सहिलावाडा, देउराली आ.वि ठाँटी, धौलागिरी आ.वि रावतवाडा, जनक आ.वि दागिना, मोतराम आ.वि खालिबन, रामशाह आ.वि बन्तडी , कञ्चनजंघा आ.वि हुम, अमर सिह आ.वि मुहु, कान्जिरोवा आ.वि दापु ,जनप्रभा माध्यमिक विद्यालय मुहु, जनप्रिय आ.वि चु, कस्तुरी आ.वि पहाडा, भगवती आ. वि छल सहित १३ वटा विद्यालयमा शैक्षिक, भौतिक अवस्था लगायत विषयलाई मध्यनजर राख्दै अनुगमन गरिएको शाखा प्रमुख गौतमले रंगिन पाटीलाई जानकारी दिए।



अनुगमनको क्रममा प्रत्येक विद्यालयमा विद्यालयका शिक्षक र प्रधानाध्यापकको अवस्था, विद्यालयहरुको योजना निर्माण र कार्यान्वयन , पठनपाठनको अवस्था , विद्यालयमा देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने न्युनतम पहलकदमी सम्बन्धी सुझावसमेत दिएको प्रमुख गौतमले बताए ।

विद्यालयको गत वर्षको तथ्याङ्क , विद्यार्थीहरूको अवस्था, विद्यार्थी संख्याको तथ्याङ्क समेत संकलन गरिएको छ।
२९ वटा सामुदायिक विद्यालय रहेको पालिकामा अन्य विद्यालयहरूमा समेत चाँडै अनुगमन गरिने शाखाले जानकारी दिएको छ।

शाखा प्रमुख गौतमले रंगिन पाटीसँग कुरा गर्दै विद्यालयहरुको नियमित साथै गुणस्तर र कक्षा शिक्षण सुधारका लागि निरन्तर खटिरहेने समेत काम जानकारी दिए ।










