ताजा
सोमबार , चैत्र ३०, २०८२

पूर्ण सार्की/ सुर्खेत: संघीय सरकारका गृह मन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते चुनाव हुने विषयमा कुनै द्विविधा नभएको बताएका छन।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान आन्तरिम सरकार संविधानको संरक्षण र राष्ट्रिय सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताएका छन्।

उनले जेनजी आन्दोलन पछि बनेको सरकार नेपालको संविधान जोगाउने मुख्य उद्देश्यसहित निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

उनले राष्ट्रिय सुरक्षाको अवस्था समेत खतरामा परेको अवस्थामा सरकारले मूल रणनीतिका रूपमा द्वन्द्व दोहोरिन नदिने नीति लिएको समेत जानकरी दिए । ‘जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दाहरूलाई सम्बोधन गरिएको छ, आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजीहरूलाई सहिद घोषणा गरिएको छ,’ उनले भने।

गृह मन्त्री अर्यालले पछिल्लो समय राजनीतिक दलहरूले जेनजी पुस्तालाई आफ्नो राजनीतिमा समेट्न थालेकोमा खुसी व्यक्त गर्दै जेनजी पुस्तालाई मूलधारमा ल्याउने मान्यता सरकारको रहेको बताए। शासन व्यवस्था मजबुत बनाएर राष्ट्रिय सुरक्षामा थप चुनौती आउन नदिने प्रतिबद्धता रहेको पनि उनले दोहोर्‍याए।

आगामी निर्वाचनका सन्दर्भमा गृह मन्त्री अर्यालले फागुन २१ गते चुनाव हुने विषयमा कुनै द्विविधा नरहेको बताउँदै प्रत्येक राजनीतिक दलले निर्वाचनको लागि आन्तरिक तयारी थाल्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय सुरक्षा चुनौतीहरू क्रमशः कम हुँदै गएको उल्लेख गर्दै शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न सुरक्षा निकाय, राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

उनले गोष्ठीमा सम्बोधन गर्दै कर्णाली प्रदेशको सुरक्षा निकायको विषयमा समेत बन्द शत्रमा बृहत छलफल गर्ने उल्लेख गरे ।

जनहितमा जारी सन्देश

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP