ताजा
परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा: सडक सञ्जाल नपुगेको उपल्लो डोल्पामा चिनियाँ मोटरसाइकलको प्रयोगले स्थानीयको दैनिकी सहज बनाएको छ। डोल्पालाई तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा विभाजन गरिएको छ। यसमध्ये दुनैसम्म २०७५ सालमा नै राष्ट्रिय सडक सञ्जाल जोडिए पनि, उत्तरी क्षेत्र उपल्लो डोल्पा भने अझै सडकसञ्जालबाट टाढा छ।

 

नेपाल–चीन सीमावर्ती क्षेत्र मरिमदेखि धो हुँदै भारत जोड्ने भेरी करिडोरको ३३ किलोमिटर खण्ड चट्टानी भू-भाग भएका कारण निर्माण कार्य अझै सुरु गर्न सकिएको छैन। तर, अन्तरपालिका सडक सञ्जालले जोडिएको उपल्लो डोल्पाको शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका अधिकांश घरमा कम्तीमा एक घर एउटा चिनियाँ मोटरसाइकल छन्।

 

धो, तिन्जे, फाललगायतका बस्तीहरूबाट चिनियाँ बोर्डर सम्म एक घण्टाको मोटरसाइकल यात्रामा पर्छ। प्रत्येक साउन महिनापछि सीमावर्ती नाका १५ दिनदेखि एक महिनासम्म खुल्ने गर्छ, जहाँ सीमापास लिएर स्थानीयले मोटरसाइकलसहित दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेका छन्। नेपाली बजारमा पाँचदेखि सात लाख पर्ने मोटरसाइकल त्यहाँ दुईदेखि तीन लाखमै किन्न पाइन्छ।

 

मोटरसाइकलले दिनभर लाग्ने दूरीलाई केही घण्टामा पार गर्न सकिने भएपछि बस्तीबिचको आवतजावत सहज भएको छ। डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धार्के गुरुङका अनुसार, उपल्लो डोल्पाका तीन पालिकामा करिब दुई हजार मोटरसाइकल छन्।

‘राज्यले उपल्लो डोल्पावासीको समस्या बुझ्न सकेको छैन, सडक सञ्जाल अभावका कारण राज्यलाई समेत बेफाइदा भइरहेको छ,’ उनले भने।

 

सन् २०१५ देखि उपल्लो डोल्पामा चिनियाँ मोटरसाइकल भित्रिन थालेका हुन्। दर्ता विनै चलाइने ती मोटरसाइकलको पेट्रोल मुस्ताङबाट ढुवानी गरिन्छ। धोमा प्रतिलिटर तीन सय रुपैयाँ पर्ने पेट्रोल अघिल्लो वर्षसम्म दुनैबाट ल्याउँदा प्रतिलिटर ६ सयसम्म पर्ने गरेको थियो।

 

दुनैबाट तीन दिन पैदल यात्रा गरी तिन्जेसम्म पुग्नुपर्ने, साथै खच्चडमार्फत ढुवानी गर्दा खर्च महँगो पर्ने भएकाले अहिले उपल्लो डोल्पाली मुस्ताङ पुगेर सामान किनमेल गर्न थालेका छन्।

 

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले चिनियाँ नाका खुल्ने समयमा अस्थायी भन्सार स्थापना गरी राजश्व संकलन गर्न पहल भइरहेको जानकारी दिएका छन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP