सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले पालिका भित्र सञ्चालनमा रहेका अधुरा विकास योजनाहरूको विवरण संकलन कार्य सुरु गरेको छ।

गाउँपालिकाले वडा नं. १ देखि १० सम्म संघीय, प्रदेश तथा गाउँपालिकाको बजेटबाट निर्माण सुरु भई हालसम्म सम्पन्न नभएका योजनाहरूको यथार्थ विवरण संकलनको लागि सबै वडा कार्यालयलाई निर्देशन दिएको पालिकाका अध्यक्ष भीम बहादुर भण्डारीले जानकारी दिए ।

उनले विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन र अधुरा योजनाको वास्तविक अवस्था पहिचान गरी समयमै निर्माण कार्य सम्पन्न गर्न यस्तो विवरण संकलन आवश्यक भएको बताए ।

उनका अनुसार सम्बन्धित वडा कार्यालयहरूले विवरण तयार गर्दा अधुरा योजनाको नाम, स्थान, बजेट स्रोत, हालको अवस्था, निर्माण सुरु मिति, सम्पन्न हुनुपर्ने मिति, भुक्तानीको अवस्था तथा योजना अधुरो रहनुका कारणहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

उक्त संकलन विवरण तोकिएको ढाँचामा तयार गरी ५ दिनभित्र गाउँपालिकाको कार्यालयमा पेश गर्न निर्देशन समेत दिएको अध्यक्ष भण्डारीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP