ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा पुरानो लैलालालीभाका प्रतियोगिता- २०८२ आयोजना हुने भएको छ ।

नेपालीहरूको नयाँ वर्ष २०८३ को पावन अवसर पारेर रुपपाटन युट्युब च्यानल र खेलकुदकर्मी विमल रोकायाको संयुक्त रुपमा जिल्लाको ठुलीभेरी नगरपालिकाको विद्यामन्दिर मावि माझफालमा “पुरानो भाका, हाम्रो पहिचान-लैलालालीको सम्मान” भन्ने मुल नारासहित ‘डोल्पाको पुरानो भाका लैलालाली’ प्रतियोगिता आयोजना गरिने भएको हो ।

नयाँ वर्षको अवसर पारेर हुन लागेको उक्त प्रतियोगिता लोप हुन लागेको स्थानीय मौलिक संस्कृति जगेर्ना गर्ने तथा नयाँ पुस्तामा यसको पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार कार्यक्रममार्फत स्थानीय पुराना भाका, गीत-संस्कृति संरक्षण गर्दै युवापुस्तालाई सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरिने छ ।

आयोजक पक्षले कार्यक्रममा सबै सरोकारवाला, स्थानीयवासी तथा सांस्कृतिक प्रेमीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP