ताजा
डोल्पामा चैत महिनामा ३४ सवारी साधन कारबाही, २८ हजार बढी राजस्व संकलन  ||    डोल्पाको ठुलीभेरीमा डोजर दुर्घटना   ||    कर्णालीको विकास वातावरणमैत्री बनाउँनुपर्नेमा विज्ञको जोड  ||    जाजरकाेट आगलागी: पीडितको आफ्नै पैसामा हेलिकप्टर, उद्धारमा सस्तो प्रचारबाजी  ||    माथिल्लो डाेल्पामा बिरामी परेका तथ्यांक संकलक कर्मचारीको हेलिकप्टरमार्फत उद्धार   ||    जाजरकोट आगलागी : घाइते तीनै जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार  ||    जाजरकोटको नलगाडमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन जना घाइते  ||    निर्माणाधीन रङ्गशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन  ||   
बुधबार , बैसाख २, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा चैत्र महिनामा मात्रै ३४ सवारीसाधन कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले २०८२ साल चैत महिनामा सवारीसाधन चेकजाँचलाई कडाइ गर्दै ३४ वटा सवारीसाधनमाथि कारबाही गरी उक्त कारबाहीबाट २८ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको एकमहिना गरेको कार्य प्रगति विवरणअनुसार चैत महिनाभर जिल्लाका विभिन्न स्थानमा नियमित तथा विशेष चेकजाँच सञ्चालन गरिएको थियो।

सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले ११ पटक लामो दूरी गस्ती, १६० पटक छोटो दूरी गस्ती, ५१८ पटक पिकेट ड्युटी, ५०० पटक चेकजाँच तथा ३७८ पटक ग्रामीण गस्ती सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रूक बहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार चैत्र महिनामा सडक सुरक्षा र अपराध न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सादा पोशाकमा प्रहरी परिचालन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा जनचेतनामूलक अभियानलाई समेत निरन्तरता दिइएको छ।

 

जिल्लामा चैत महिनामा २ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा २ वटा सवारीसाधन संलग्न रहेका थिए भने १ जनाको मृत्यु भएको छ।

त्यसैगरी, एक महिनाको अवधिमा ५ वटा मुद्दा दर्ता भएका छन् भने ४ जना प्रतिवादी रहेका छन्। महिला, बालबालिका तथा नागरिकतर्फ १ वटा उजुरी फर्छ्योट गरिएको छ। हराएका तथा फेला परेका नागरिकतर्फ २ वटा निवेदन परेकोमा १ जना फेला पारिएको प्रहरीले जनाएको छ।

उजुरी व्यवस्थापनतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १३ वटा उजुरी परेकोमा अधिकांश फर्छ्योट गरिएको छ भने जिल्ला प्रशासन कार्यालयमार्फत ४ वटा उजुरी प्राप्त भएको छ।

जिल्लाका विभिन्न समुदाय तथा विद्यालयमा केन्द्रित ३६ वटा सचेतनामूलक कार्यक्रममा ८१६ जना सहभागी भएका छन्। विद्यालयस्तरका कार्यक्रममा २१० जना विद्यार्थी सहभागी भएका थिए। यस अवधिमा हटलाइन तथा ड्युटी कक्षमा १०१ वटा फोन आएको र नागरिक सहायता कक्षमार्फत १ हजार १ सय २ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रहरीको प्रगति विवरणमा उल्लेख छ।

यसैबीच, बेवारिसे अवस्थामा फेला परेको १ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाले हरेक महिनाको अन्त्यमा एकमहिना प्रगति विवरण सार्वजनिक गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP