ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

डोल्पा —डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको १३ औं नगरसभा सुरु हुँदै गर्दा माओवादी र कांग्रेस निकट निर्वाचित जनप्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नगरसभाको बहिष्कार गरेका छन्।

नगरपालिकाको आ.व २०८२/८३ को निति तथा कार्यक्रम तयारीको पूर्व सन्ध्यामा बजेट विनियोजीत गर्ने क्रममा नगर प्रमुख र उपप्रमुख विच सामान्य अन्तरविबाद भएको थियो।प्रमुख सगको अन्तर विवाद पश्चात उपप्रमुख घर्ती रिसाएर आफ्नो घर तिर लागेकी थीन।

सोही विषयको विवाद भएकै बेला बीच बाटोमा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राज बहादुर बुढा र उप प्र‌मुख घर्ति विच केहि भनाभन भएको थियो।

सोही विषयलाई ठूलो बनाई उपप्रमुखले वडा अध्यक्ष बुढालाई विभिन्न षड्यन्त्र रच्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दायर गरी हिरासतमा राखिएको र मिलेर जान खोज्दा पनि व्यवास्था गरी नगर सभा सञ्चालन गर्न खोजेको भन्दै नगरपालिकामा माओवादीको नेतृत्व गर्दै जितेका ४, ५,६,८,१० का वडा अध्यक्ष र कांग्रेस निकट निर्वाचित ११ का वडा अध्यक्ष र एक नगरपालिकाका कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर सहित विज्ञप्ति निकालेर नगरसभा बहिष्कार गरेको जानकारी गराएका छन्। उनीहरूले आपसी साझेदारी गर्दै  द्वन्द्व समाधान नभएसम्म  नगरसभामा सहभागी नहुने र पेलेरै नगरसभा चलाउन खोजे यसको विपरीत अझै कडा रुपमा प्रस्तुत हुने स्पष्ट पारेका छन्।

 

नगरसभामा सहभागी नहुने घोषणा गर्नेमा वडा नं ४ का अध्यक्ष रञ्जित बुढा, ५ का अध्यक्ष नर बहादुर झाक्री,६ का अध्यक्ष देवेन्द्र चलाउने, ८ का अध्यक्ष चन्द्ररुप रावत, १० का अध्यक्ष ललित प्रसाद गिरी,वडा नं ११ का अध्यक्ष चन्द्ररुप डसाल, नगर कार्यपालिका सदस्य भक्तमान परियार रहेका छन्।

तिनीहरूले सहमतिमा समाधान खोजे पनि उपप्रमुखले मिल्न नचाहेको आरोप लगाएका छन्। साथै, वडा अध्यक्षबिरुद्धको मुद्दा फिर्ता नभएसम्म नगरसभामा सहभागिता जनाउने अवस्था नरहेको विज्ञप्ति मार्फत बताएका छन्।

देशैभरीका स्थानीय तहले नीति तथा कार्यक्रम सगै बजेट ल्याउँदै गर्दा त्रिपुरासुनदरीमा भने बजेट सगै नीति तथा कार्यक्रम नै कहिले ल्याउने अन्योल बनेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP