ताजा
डोल्पाको ठूली भेरीले ल्यायो ५० करोड १३ लाखको बजेट  ||    डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||   
मंगलबार , असार ९, २०८३

डोल्पा ।  डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने त्रिवेणीस्थित भेरी नदी किनारमा भेटिएको अज्ञात शवको पहिचान खुलेको छ। उक्त शव डोल्पाको काईके गाउँपालिका–२ सहरतारा घर भई हाल ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा कोठा भाडामा बस्दै आएकी २१ वर्षीया सिर्जना गुरुको भएको उनको परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार सिर्जना भदौ १५ गते आईतबार रातिको समयमा कोठाबाट निस्किएकी उनी सम्पर्कमा नआएपछि परिवारले उनको खोजीका लागि प्रयास थालेका थिए। सम्भावित ठाउँहरूमा खोजी गर्दा समेत फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय डोल्पामा फोटोसहित हराइरहेको निवेदन दर्ता गरिएको थियो।

सोमबार बिहान त्रिवेणीमा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले डोल्पा प्रहरीलाई खबर गरेको थियो। खबर पश्चात इलाका प्रहरी कार्यालय करवगाड देखि प्रहरी सहायक निरीक्षक हेमराज कार्कीको नेतृत्वमा ४ जनाको टोली खटाई उक्त स्थानबाट शव निकाली जिल्लामा पठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP