ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा जुवा खेल्दै गरेका छ जना पक्राउ परेका छ। जिल्ला सदरमुकाम दुनै बजारमा जुवा (पारा/कौडा) खेलिरहेको अवस्थामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहीबार अपराह्न ३:०४ बजे सदरमुकामस्थित स्थानीय पञ्च बुढाको घरको माथिल्लो तलाको कोठामा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

सूचना अधिकारी प्रहरी निरीक्षक रावलका अनुसार प्रहरीले घटनास्थलबाट नगद रु ४९ हजार ८ सय, पारा २ थान, कौडा ४६ थान तथा ७ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा ठुलीभेरी नगरपालिका -०३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका-०७ का ३३ वर्षीय सागर श्रेष्ठ, ठुलीभेरी नगरपालिका-०५ का ३८ वर्षीय ओमबहादुर रोकाया, काइके गाउँपालिका-०५ घर भई हाल ठुलीभेरी नगरपालिका-०३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया, ठुलीभेरी-०४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया तथा काइके गाउँपालिका-०२ का ४० वर्षीय अंगतकुमार रानामगर रहेका छन्।

प्रहरीले उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP