ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा सञ्चालित यातायात प्रालिहरूलाई नियमविपरीतका गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

बुधबार सदरमुकाम दुनैस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला भित्र सञ्चालित विभिन्न यातायात प्रालिका प्रतिनिधिहरूसँगको छलफलमा सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले यात्रुसँग मनपरी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रु खोसाखोस गर्ने, अनावश्यक दुःख दिने तथा अन्य नियमविपरीतका गतिविधि गर्ने यातायात प्रालि तथा व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइन्।

छलफलमा यातायात व्यवसायीहरूले रातो नम्बर प्लेटका सवारी साधनले अवैध रूपमा यात्रु बोक्ने गरेको, सरकारी सेतो नम्बरको नगर बसले कानुनी विपरीत जथाभावी यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेका थिए। यस्ता गतिविधिका कारण कानुनी रूपमा दर्ता भई सञ्चालनमा रहेका यातायात व्यवसायीहरू प्रत्यक्ष रूपमा मर्कामा परेको उनीहरूको भनाइ थियो।

उनीहरूले नियमविपरीत सञ्चालन भइरहेका सवारी साधनको प्रभावकारी अनुगमन गरी कानुनी दायरामा ल्याउन प्रशासनसँग माग समेत गरेका थिए।

छलफलमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिल राज गिरीले जिल्लामा सञ्चालित यातायात प्रालिहरूबीच एकरूपता कायम गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्ने सवारी साधन र व्यवसायीमाथि आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने बताए।

प्रमुख जिल्ला अधिकारी ढकालले सार्वजनिक यातायात सेवा सञ्चालन गर्दा यात्रुको सुरक्षा, सेवा गुणस्तर र कानुनी व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्न सबै व्यवसायीलाई निर्देशन दिँदै अनुशासित र जिम्मेवार ढंगले सेवा सञ्चालन गर्न आग्रह गरिन्।

जिल्ला स्थित सुरक्षा निकायका प्रमुखसँग यातायात प्रालिको छलफलमा सहभागीहरुले जिल्लामा सुरक्षित, व्यवस्थित र मर्यादित सार्वजनिक यातायात सेवा सञ्चालनका लागि प्रशासन, सुरक्षा निकाय र यातायात व्यवसायीबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP