जुम्ला। जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी उपाध्यक्ष सुस्मा हमालको अध्यक्षता जिल्ला समन्य समिति जुम्लाका प्रमुख ऋि गौरीन्नद आचार्यको बिशेष उपस्थतिमा ९ सदस्यीय जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको हो ।
बुधबार बसेको भेलाले अध्यक्षमा सुस्मा हमाल सहित जिल्ला छोरी सञ्जाल गठन गरेको छ। सञ्जालको उपाध्यक्षमा करुणा सार्की, सचिवमा स्मृति रावत सहसचिवमा मन्जु सार्की, कोषाध्यक्षमा मङ्गला भट्ट चयन भएकी छन्। त्यसैगरी सदस्यहरूमा मेनिका शाही , लक्ष्मी सार्की , रितु कुलना, र आस्था भण्डारी रहेकी छन्। जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको थियो ।


नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











