ताजा
डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||   
बुधबार , असार ३, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना युवक घाइते भएका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-०९ धाउन्नेस्थित भेरीकरीडोर सडकखण्डमा बुधबार राति १ बजे खदाङबाट तारजाली लोड गरी त्रिपुराकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-०५६६ त ००१ नम्बरको ट्रयाक्टरबाट जालीका साहु त्रिपुराकोट नगरपालिका-०२ रुम निवासी २७ वर्षीय निखिल थापा खसेर घाइते भएका थिए ।

उनी निदाएका कारण सन्तुलन गुमाएर एक्कासी ट्रयाक्टरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घाइतेलाई तत्काल जिल्ला अस्पताल दुनैमा ल्याई प्राथमिक उपचार गरिएको र थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रयाक्टर चालक त्रिपुरासुन्दरी नगरपालिका-०२ रुम निवासी २९ वर्षीय नरेन्द्र थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP