ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दुईदिने कर्णाली प्रदेश युवा सम्मेलन सुरु भएको छ।

कर्णाली प्रदेशका हरेक क्षेत्र र जिल्लाबाट युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै उनीहरूलाई साझा मञ्चमा ल्याउने उद्येश्य सहित गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको आयोजना तथा युवा अभियानको सहकार्यमा आयोजित प्रदेश युवा सम्मेलन आज (बुधबार) देखि वीरेन्द्रनगरमा सुरु भएको हो ।

दुईदिन हुने सम्मेलनमा कर्णालीका १० जिल्लाबाट दुई–दुई जना युवाको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीका युवाहरूलाई विकास प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन आवश्यक रहेको बताए। उनले युवाहरूले आधुनिक प्रविधि तथा डिजिटल नागरिकता (डिजिटल सिभिक) सम्बन्धी विषयहरू बुझ्न जरुरी रहेको उल्लेख गर्दै डिजिटल युगमा प्रविधिको सही उपयोगबारे जानकारी हासिल गर्नुपर्नेमा जोड दिए।

प्रदेश प्रमुख जोशीले कर्णालीका युवाहरू विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूलाई अझ अगाडि बढ्न आग्रह गरे।

‘कर्णालीमा यातायात लगायतका पूर्वाधारमा सहज पहुँच विस्तार गर्न सकियो भने कर्णालीले देशको विकासमा ठूलो फड्को मार्न सक्छ’ उनले भने।

उनले युवामा जागरूकता र विकासप्रतिको चासो बढे कर्णालीको समग्र विकासले गति लिने विश्वास व्यक्त गर्दै प्रदेशको विकासमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

सम्मेलनबाट कर्णालीका सबै जिल्ला समेटेर प्रदेशस्तरीय युवा फोरम गठन गरिने तथा कर्णाली युवा घोषणा पत्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP