ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

प्रमिला विश्वकर्मा/बाँके:  कोहलपुरमा निर्माण गरिएको आधुनिक शवदाह गृह औपचारिक रूपमा कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नगरपालिकाकाे वडा नम्बर ११ स्थित डुडुवा खोला किनारमा निर्माण भएको शवदाह गृह सोमबार एक कार्यक्रमकाबीच उपभोक्ता समितिले नगरपालिकालाई हस्तान्तरण गरेको हो।

कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर अधिकारीले नगरप्रमुख पूर्ण प्रसाद आचार्यलाई चाबी बुझाउँदै परियोजना हस्तान्तरण गरेका हुन्। २०७८ असोज १९ गते नगरप्रमुख आचार्यकै हातबाट शिलान्यास गरिएको परियोजनामा हालसम्म ७८ जनाको निःशुल्क शवदाह सेवा प्रदान भइसकेको समितिले जनाएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले कोहलपुरबासीको दीर्घकालीन चाहना पूरा भएको बताए। “अब शवदाहका लागि अगैया जानुपर्ने बाध्यता अन्त्य भएको छ,” उनले भने। उपप्रमुख संगीता सुवेदीले पनि शवदाह गृह कोहलपुरको ‘गौरवको आयोजना’ भएको उल्लेख गर्दै स्थानीयको योगदानले परियोजना सफल भएको बताइन्।

अध्यक्ष अधिकारीले आफ्नो नेतृत्वमा निर्माण सम्पन्न गरी नगरपालिकालाई उपलब्ध गराउन पाउँदा गर्व लागेको प्रतिक्रिया दिए।

शवदाह गृहमा केश मुण्डन स्थल, शौचालय, प्रतिक्षालय, खानेपानी धारा लगायतका आवश्यक संरचना निर्माण गरिएको छ। कार्यक्रममा निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो।

शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ५० लाख, कोहलपुर नगर विकास समितिले ४३ लाख र ग्लोबल आईएमई बैंकले २० लाख रुपैयाँ सहयोग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP