ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

बारा : बाराको सिमरा क्षेत्रमा सोमबार मध्याह्नदेखि कर्फ्यू आदेश लागू गरिएको छ । स्थानीय प्रशासनले बिहानदेखि बढ्दै गएको तनाव र दोहोरो भिडन्तको सम्भावना देखिएपछि आकस्मिक रूपमा कर्फ्यू घोषणा गरेको हो ।

सिमरा विमानस्थल आसपास जेनजी युवाहरूले प्रदर्शन गरिरहेकै बेला एमाले निकट युवा संघका कार्यकर्ताहरू पुग्दा दुवै पक्षबीच वादविवाद हुँदै झडपको स्थिति उत्पन्न भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत प्रहरीसँग पनि जेनजी समूहको धक्का–मुक्की भएपछि अवस्था थप जटिल बनेको प्रशासनको भनाइ छ ।

सोही क्रममा क्षेत्र एकाएक तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धनेन्द्रकुमार मिश्रले पुष्टि गरेका छन् । कर्फ्यू मुख्यतः सिमरा विमानस्थल तथा नजिकका संवेदनशील क्षेत्रमा केन्द्रित गरिएको छ ।

आज परवानीपुरमा नेकपा एमाले निकट युवा संघद्वारा मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला र महेश बस्नेत आउने सूचना सार्वजनिक भएपछि विभिन्न समूहले कार्यक्रम विरोधमा सक्रियता बढाएका थिए । नेताहरूको आगमनलाई रोक्न जेनजी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन थालेपछि वातावरण झन् उग्र बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP