ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकाले साढे तीन वर्षको अवधिमा झण्डै १७ किलोमीटर नयाँ सडक विस्तार गरेको छ।

पालीका भित्रका बस्तीहरुमा सडक पहुँच विस्तार गर्ने, कृषि सडक, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा सहज र नागरिकलाई प्रतक्ष्य स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्धेश्यले यो साढे तीन वर्षमा झण्डै १७ किलोमीटर नयाँ सडक विस्तार गरेको पालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिए ।

उनले सडक सगै पालिकाको यो अवधिभर पालिका भित्रका करिब १ हजार ६ सय घरधुरीमा खानेपानी पु¥याएको समेत बताए ।

उनका अनुसार पालिकाले पालिका भित्रका सम्पूर्ण घरघरमा खानेपानी पुर्याउने उद्धेश्यले तीन वर्षको अवधिमा १ हजार ६ सय घरधुरीमा खानेपानीको पहुंच विस्तार गरेको हो।

पालीकाले घरघरमा खानेपानी धारा जडान गरे सगै वर्षौ देखि खानेपानी धाराको अभाव भोगिरहेका सिंजाका स्थानीयलाई घरघरमा खानेपानी जडान गरिए पछि सहज भएको छ।

 

उनका अनुसार आफू निर्वाचित भए देखि पालिका भित्रका अशक्त, अपाङ्गता, असहाय तथा टुहुरा बालबालिकालाई लक्षित गरी वडा नम्बर ३ मा निःशुल्क होस्टेल निर्माण गरी खान, बस्न तथा पढ्न–पढाउनको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार पाँच वडामा रहेका विद्यालयका पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने २ वटा वडा कार्यालय निर्माण भई सञ्चालनमा आइसकेका छन्। अन्य २ वडा कार्यालय निर्माणाधीन छन्।

गाउँपालिकाको कार्यालय भवनमा पनि ३ तला थपिएको छ। गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। यससँगै गाउँ–गाउँमा पुगेर ९ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्थानीय पाठ्यक्रम निर्माण गरी विभिन्न विद्यालयमा वितरण गरिसकिएको र त्यसअनुसार पढाइ भइरहेको अध्यक्ष धितालले जानकारी दिए। साथै उनले किशोरी लक्षित कुरुतीविरुद्धका कार्यक्रम पनि सञ्चालनमा ल्याइएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP