डोल्पा: हिमाली जिल्ला डोल्पामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न जनचेतनामूलक कार्यक्रम सहित समापन गरिएको छ।
‘प्रविधिको सहि प्रयाेग गराैं, लैंङ्गिक हिंसाको अन्त्य गराै’ भन्ने मुल नाराकाे साथ यहीँ मंसिर ९ गते देखि सुरु भएकाे लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत डोल्पामा विभिन्न समुदाय तथा सामुदायिक विधालयहरुमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेर समापन गरिएको छ ।



१६ दिने अभियान अन्तर्गत बुधबार त्रिपुरासुन्दरी नगरपालिका वास एकाई शाखाको आयोजनामा नगरपालिकाको वडा नं १० मा स्थित जनप्रभा माध्यमिक विद्यालयमा ‘ लैंगिक हिंसा गर्नु जघन्य अपराध हो ‘ भन्ने शीर्षकमा विद्यालय स्तरीय वक्तृत्वकलाको प्रतियोगिता समेत गरेको थियो ।

वास एकाई शाखाले वक्तृत्वकला सँगै लैंगिक हिंसा विरुद्ध सडक नाटक समेत प्रदर्शन गरिएको शाखाका प्रमुख धन प्रसाद बूढाले जानकारी दिए। उनले त्रिपुरासुन्दरीमा १६ दिने अभियानको सुरुवाती दिनदेखि नै पालिकाको विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमहरु गरिराखेको समेत जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रमाणपत्र सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो

त्रिपुरासुन्दरी सँगै विभिन्न संस्थाको आयोजनामा जिल्लाको सदरमुकाम दुनै, जगदुल्ला गाउँपालिका लगायतका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो।











