ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

डोल्पा । नेपाली कांग्रेसले एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लाहरूमा आगामी पुस २१ गते १५ औँ जिल्ला अधिवेशन गर्दै छ।

प्रतिनिधि सभामा एउटा क्षेत्र रहेको कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा कांग्रेस जिल्ला अधिवेशनको चहलपहल बढेको छ।

प्रतिनिधिसभामा एउटा क्षेत्र रहेको डोल्पामा नेपाली कांग्रेसको जिल्ला नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले डोल्पाको राजनीतिक वृत्तमा निकै चर्चामा छ। कांग्रेसका एक नेताका अनुसार डोल्पामा जिल्ला सभापतिका लागि अहिलेसम्म छ जनाले आकांक्षा देखाएका छन् । सभापतिका आकांक्षीमा श्याम बहादुर रोकाय, श्वबर्ण कुमार बूढा, दशरथ रोकाय, हीरा रोका, अर्णदत्त न्यौपाने र गौरीशंकर उपाध्याय रहेका छन्।

श्याम हाल जिल्ला समन्वय समिति डोल्पाका प्रमुख र जिल्ला कमिटी सदस्य हुन्। यस्तै बुढा ठुलीभेरी नगरपालिकाका नगरप्रमुख र १४ औँ केन्द्रीय महाधिवेशनका प्रतिनिधि हुन ।

दशरथ नेपाली कांग्रेसका जिल्ला सचिवमा रहेका छन् भने हिरा जिल्ला कमिटी सदस्य र न्यौपाने महासमिति सदस्य पदमा रहेका छन्।

आकांक्षी देखिएका नेताहरू सभापति बन्ने उद्देश्यसहित यतिबेला जिल्लाभर संगठन सुदृढीकरण, भेटघाट तथा आन्तरिक छलफलमा सक्रिय रूपमा जुटिरहेको छन्।

आकांक्षीमध्ये उपाध्याय १४ औँ जिल्ला अधिवेशनमा पनि सभापतिका उम्मेदवार बनेका थिए। उक्त अधिवेशनमा उनले २३ मत प्राप्त गर्दै पराजय व्यहोरेका थिए।

अर्का आकांक्षी तथा समन्वय प्रमुख रोकाय भने १४ औँ अधिवेशनमा पार्टीको जिल्ला उपसभापतिमा उम्मेदवार बनेका थिए, तर उनी पनि पराजित भएका थिए।

अधिवेशन नजिकिँदै जाँदा चुनावी माहोल तातेको भए पनि हालका कार्यबाहक सभापति लवकुमार शाही र उपसभापति पूर्णबहादुर शाही भने सभापतिका लागि आकांक्षी नदेखिएको कांग्रेस स्रोतले जनाएको छ। स्रोतका अनुसार यी दुई नेताले जसलाई समर्थन गरे त्यसले सभापतिमा जित हासिल गर्ने सम्भावना बलियो देखिन्छ।

यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिको मंसिर १५ गते बसेको बैठकले १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। तालिकाअनुसार पुस १५ गते नेपाली जनसम्पर्क समिति अधिवेशन, पुस १६ गते गाउँ/नगर वडा अधिवेशन, पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा सोभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस २३ र २४ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ।

सबै तहका अधिवेशन सम्पन्न भएपछि आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा नेपाली कांग्रेसले १५ औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने छ ।

जनहितमा जारी सन्देश 

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP