ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

पूर्ण सार्की/ डोल्पा: नेपाली कम्युनिस्ट पार्टी डोल्पाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेद्वारमा धन बहादुर बुढाको एकल नाम सिफारिस गरेको छ ।

नेकपा डोल्पाको आज (बिहीवार) बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बूढाको एकल नाम सिफारिस गरेको संयोजक धर्मजित बोहोरा ‘विस्फोट’ ले रंगीन पाटीलाई जानकारी दिए। बूढा डोल्पादेखि यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा समेत प्रतिनिधि सभामा विजयी भएका निवर्तमान सांसद हुन्। उनी तत्कालिन नेकपा एस पार्टीका नेता हुन् ।

फोटो : धन बहादुर बुढा

उनले संघीय सरकारको सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन्। उता नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कर्ण बहादुर बुढाको एकल नाम सिफारिस गरिसकेको छ ।

अझै रोचक त के छ भने नेकपाले सिफारिस गरेका धनबहादुर र कांग्रेसले सिफारिस गरेका कर्ण बहादुर एउटै घरका सहोदर दाजु भाइ समेत हुन् ।

दुवै पार्टीले यी दाजुभाइलाई सिफारिस गरेसँगै आगामी निर्वाचनमा डोल्पामा निकै प्रतिस्पर्धा हुने देखिन्छ ।

हुन त विगतका चुनावमा पनि यी दुइ दाजुभाइको एकल नाम सिफारिस नगरिएको भने होइन। सधै डोल्पाको राजनीति यी दुई दाजुभाइको वरिपरि घुमिरहे पनि अन्तिममा एकले अर्कोलाई समर्थन गर्दै आइरहेको छन् ।एकै घरका दाजुभाइको नाम फरक फरक पार्टीबाट आगामी निर्वाचनको लागि सिफारिस भएसँगै डोल्पामा राजनीतिक रोचक हुने देखिएको छ ।

 

यस्तै नेपाली कम्युनिस्ट पार्टी डाेल्पाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवारकाे रुपमा हंश बहादुर शाही, पिछडिएको क्षेत्र र महिलाबाट काली चलाउने, काली बुढा, बिमा केसी बन्जरा, दलितबाट नैनसिंह बि.क, जनजातिबाट ग्याल्बाे थापा भाेटेकाे नाम सिफारिस गरिएको छ।

यस्तै आगामी मागमा हुने राष्ट्रिय सभा सदस्यकाे लागि डाेल्पाबाट दुई जनाकाे नाम सिफारिस गरिएको छ। तत्कालीन  नेकपा माओवादी केन्द्रको तर्फबाट माल बहादुर राेकाया सितार र एकीकृत समाजवादीकाे तर्फबाट महिलामा अन्जु महताराकाे नाम सिफारिस गरेको छ ।

जनहितमा जारी सन्देश 

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP