सुर्खेत । कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उमेर हद पार गरिसक्दा पनि पदमा कायम रहन खोजेको भन्दै उनीमाथि पछिल्लो समय आलोचना हुँदै गएपछि सचिव बुढाथोकीले राजीनामा दिएका हुन् ।

मंगलबार साँझ उनले आन्तरिक रूपमा राजीनामा पत्र तयार गरी प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको स्रोतले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका एक अधिकारीले पनि निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । तर प्रदेश प्रमुख यज्ञराज जोशी हाल प्रदेश बाहिर रहेकाले उनको राजीनामा स्वीकृत हुन केही समय लाग्ने देखिएको छ ।

कर्णाली प्रदेश सभा सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपदेखि आफ्नै श्रीमतीलाई स्वकीय सचिव बनाएर तलब बुझाएको विषयमा विवादहरू हुदैं आएका थिए । यसअघि पनि दोहोरो सुविधा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलाई दुई पटक पत्र काटेको थियो । सचिवालयभित्रै पनि उनका कतिपय अभिलेख उपलब्ध नभएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन ।

६५ वर्ष उमेर नाघेपछि स्वतः पदमुक्त हुनुपर्ने व्यवस्था भए पनि कानुनी अस्पष्टता देखाउँदै उनलाई निरन्तरता दिन सभामुख नन्दा गुरुङ सक्रिय देखिएकी थिइन् । यसैबीच, सचिव बुढाथोकीले बढ्दो आलोचना र विवादका कारण पद छाड्ने निर्णय गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP