काठमाण्डौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको विषयमा प्रतिक्रिया दिएका छन् ।

देउवाले सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै आफ्नो सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन्। उनले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गदिएको विषय समाचार माध्यमबाट थाहा पाएको उल्लेख गर्दै  भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिसकेको स्पष्ट पारेका छन् ।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन ‘खुल्ला पुस्तक’ जस्तै रहेको बताएका छन्।

देउवाले भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको स्मरण गराएका छन्।

हाल स्वास्थ्य उपचारका लागि आफू र आफ्नो परिवार विदेशमा रहेको जानकारी दिँदै उनले अनुसन्धानबारे वास्तविकता समयक्रमसँगै बाहिर आउने बताएका छन्। साथै, सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP