ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

डोल्पा: जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै प्रहरी नायब उपरीक्षक (डीएसपी) डा.हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा विगत लामो समय देखि मुद्धा फाँटमा रही काम गरिरहेका प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाइली माथि हातपात गरेको कसुरमा उनलाई हेडक्वार्टर तानिएको हो ।

 

वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका केसी यस अघि नक्सालमै कार्यरत थिए।हाजिर भएको आठ दिनमै मुद्दा फाटमा पााच वर्षदेखि कार्यरत सई लाई कुटपिट गरेका थिए। हेडक्वार्टरको आदेशपछि डीएसपी केसी सार्वजनिक बस चढी काठमाडौं लागेका थिए ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डीएसपी नारायण डाागीको टोली बिहीबार बिहानै प्रहरीकै गाडीमा डोल्पा पुगेर  घटनाको विषयमा छानबिन सुरु गरेको छ । यस विषयमा सई शैलेन्द्रकुमार रसाइलीसँग बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिन मानेनन् ।

 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मनीष थापाले डीएसपी केसी व्यक्तिगत कामले काठमाडौं गएको प्रतिक्रिया दिए ।कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी शिवकुमार श्रेष्ठसँग बुझ्दा घटनाका बारेमा जानकारी प्राप्त भएको र वास्तविकता के हो भन्ने कुरा बुझ्ने काम भइरहेको बताए

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP