युवा हरुको होस् बिनाको जोसले,
भरष्ट्रचारीको भ्रष्ट्राचार को दोषले,


आज पूरै नेपाल जल्यो जलाइयो
आधा नेपाल पहिलै जलेको थियो घुसले ।।
यहाँ ……यहाँ ..
न्यायाधीश जल्नुपर्ने थियो न्यायलय मात्र जल्यो ,
गभर्नर जल्नुपर्ने थियो राष्ट्र बैंक मात्र जल्यो ,
मन्त्रीहरु जल्नु पर्ने थियो मन्त्रालय मात्र जल्यो ,
सांसदहरु जल्नु पर्ने थियो सभाहल मात्र जल्यो ,
जलाउनु पर्ने कुरा जलाउन नसक्दा मनमा आगो बल्यो ,
यति भयो बालेनले सोचेको सिंहदरबार जल्यो
प्रचण्डले ढाल्न चाहेको सरकार ढल्यो ।।
यो युवा आन्दोलन लक्ष्य विहिन भयो ।
लाखौं दक्षहरुको आन्दोलन दक्ष विहिन भयो ।।
रहेनन् देशको कागजात, रहेनन् भ्रष्टाचारको फाइल ,
भरष्ट्रचारी उम्कन पाउने , कैदीहरु निस्कन पाउने
एतिहासिक संरचन आगो लगाउने ,भरष्ट्रचारीको घर बचाउने
साधारण जनताले ज्यान गुमाउने , हत्यारा सरकार छुट्टै रमाउने
कस्तो सोचेर कस्तो भयो आन्दोलनको हाल
सिंहदरबार सँगै जल्यो एतिहासीक नेपाल ।।
राणाको दास बन्न नचाहेर राणाशासन फालियो ,
राजाको रैती बन्न नचाहेर राजतन्त्र फालियो ,
विश्वमा उत्कृष्ट अहिलेको यही लोकतन्त्र गणतन्त्र हो
यो भन्ने दिन ल्याउनु हुँदैन चित्त नबुझेर यही फालियो ।
नजुदुन युवा उही पुराना कालेहरु जस्तै गरेर ,
नबेचुन देश देश द्रोही सालेहरु जस्तै गरेर ,
केही कुरा नगर्नु थियो सकाई सकियो गरेर,
कोही युवा नमर्नु थियो अस्ताई सके मरेर,
अब ………
कदम चाली सकियो पाईला आगाडी नै बढाउनु पर्छ ।
संसदमा रहेका भ्रष्ट दलाल सडकमै लडाउनु पर्छ ।।
युवा हरुकै हातमा देश पर्नु पर्छ ,
हामीले चाहेको जस्तै देश विकास गर्नु पर्छ ,
नत्र मरेका कलिला आत्माले चिरशान्ति पाउने छैनन् ।
सन्तान गुमाउँदा रोएकी आमाको आँसु रोकिने छैनन् ।।
भ्रष्ट नेताले गरेको पापको पराचित भइसकेको छ ।
नेपाल अब केवल युवाले चाहेको हात आइसकेको छ ।।
जसरी एतिहासिक संरचना ध्वस्त बनाउन हामी जुट्यौ ।
त्यसरी नै उठौ नेपालका सारा युवा देश बनाउन लाई जुटौं ।।
सुरेन्द्र रावल ‘हुम्ली’










