काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो ।

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले १-१ विकेट लिए । नेपालका ६ जना ब्याटर रनआउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको थियो । आइना हमिजाले सर्वाधिक ६१ रन बनाइन् । मास एलिसाले ३० रन बनाइन् ।

नेपालकी कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

योसँगै ५ खेलको शृंखलामा मलेसियाले २-१ को अग्रता बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP