डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुहूद्वारा आयोजित प्रथम वडा कप खेलकुद प्रतियोगिताको भलिबल तर्फको उपाधि त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को भलिबल टिमले लगेको छ।

आईतबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरी १ ले त्रिपुरासुन्दरी ६ लाई हराउदै फाइनलमा उपाधि हात पारेको छ।

सेमिफाइनल तर्फ शुक्रबार भएको पहिलो खेलमा त्रिपुरासुन्दरी १ ले आयोजक’A’ मुहुँलाई सोझो सेटमा हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने शनिबार भएको सेमिफाइनलमा खेलमा त्रिपुरासुन्दरी ६ ले त्रिपुरासुन्दरी ८ को टिमलाई हराउदै फाइनल यात्रा सुरक्षित गरेको थियो ।

फाईनलमा त्रिपुरासुन्दरी १ ले पहिलो सेटमा पहिलो सेट २५-१७,दोश्रो सेट : २५-२२ , तेश्रो सेट २५-२३ काे सोझो अन्तरालमा प्रथम वडा स्तरीय भलिवल कप २०८२ काे उपाधि हात पारेको हो।फाइनल खेलमा पराजित भए सगै त्रिपुरासुन्दरी ६ उपविजेता बनेको छ।

सेमिफाइनलमा त्रिपुरासुन्दरी ११ आयोजक’A’ मुहुलाई हराएर फाइनल यात्रा तय गरेको थियो भने त्रिपुरासुन्दरी ६ ले त्रिपुरासुन्दरी ८ लाई हराउदै फाइनल यात्रा तय गरेको हाे।

प्रथम वडा कप खेलकुद प्रतियोगितामा भलिबल तर्फको विजेता टीमले त्रिपुरासुन्दरी १ ले नगद रु. ५०,५०५, ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टीम त्रिपुरासुन्दरी ६ ले नगद रु. ३०,३०५, ट्रफि, मेडल सहित प्रमाणपत्र, तृतीय हुने त्रिपुरासुन्दरी ८ ले नगद रु. १५,१०५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्रिपुरासुन्दरी १ ले पहिलो पटक कुनै ट्रफी जितेकाे छ। यो ट्रफी सगै त्रिपुरासुन्दरी १ का सम्पूर्ण वडा बासिमा खुसियाली छाएको छ।

प्रतियोगिताकाे समूहगत खेलमा त्रिपुरासुन्दरी ६ लाई हराउदै १ समूह विजेता बन्दै क्वार्टर फाइनलमा गएको थियो भने ६ उप विजेता बनेको थियो। फाइनल पुनः यो दुवै टोली आमनेसामने भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP