पूर्ण सार्की/ सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले गाउँपालिकाभित्र झोला, साइकल, मोटरसाइकल तथा सवारीसाधनमार्फत घुम्ती रूपमा व्यापार–व्यवसाय गर्ने व्यापारीहरूका लागि राजश्व बुझाउनुपर्ने व्यवस्था गरेको छ।

गाउँकार्यपालिकाको निर्णयअनुसार अब चौकुने गाउँपालिकाभित्र कुम्लो, बोरा, झोला बोकेर, साइकल, मोटरसाइकल तथा अन्य गाडी प्रयोग गरी व्यापार गर्ने जो कोहीले तोकिएको दररेटअनुसार गाउँपालिकाको कार्यालयमा राजश्व बुझाएपछि मात्र व्यापार गर्न पाउने भएका छन्।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिका भित्र कुम्लो, बोरा वा झोलामा व्यापार गर्नेले प्रतिदिन ५० रुपैयाँ, साइकलमा व्यापार गर्नेले प्रतिदिन ७५ रुपैयाँ, मोटरसाइकलमार्फत व्यापार गर्नेले प्रतिदिन १०० रुपैयाँ र गाडीमार्फत व्यापार गर्नेले प्रतिदिन ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने व्यवस्था गरेको जानकारी दिएको छ।

पालिकाले सूचनामा तोकिएको नियमको पालना नगरी व्यापार–व्यवसाय गरेको पाइएमा निर्धारण गरिएको दररेटको दोब्बर दस्तुर लाग्ने र सम्बन्धित सबै व्यापारीहरूलाई नियम पालना गर्न आग्रह समेत गरेको छ।

जनहितमा जारी सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP