डोल्पा। डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

आज बसेको  प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बुढाले त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडामा निर्माण भएको मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग  गरेका हुन ।

डोल्पादेखि  निर्वाचनमा लगातार चार पटक निर्वाचित भएको र डोल्पाली जनताको विश्वास पाएको स्मरण गर्दै सांसद बुढाले आफ्नो धन्यवाद व्यक्त गरे। उनले भने,’मेरा भगवानरुपी डोल्पाली जनतालाई धन्यवाद व्यक्त गर्न चाहन्छु, मलाई निरन्तर चार पटकको निर्वाचनमा विजय गराएर पठाउनु भएको छ।’

सांसद बुढाले डोल्पाली जनताबाट प्राप्त माया, विश्वास र आशीर्वादलाई आत्मसात गर्दै जनताको शिर निहुर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले थपे, ‘२०७०, २०७५, २०७९ र २०८२ को निर्वाचनमा विश्वास गरेर विजयी गराउनु भयो, यो विश्वास र मायालाई आत्मसाथ गर्दै डोल्पाली जनताको शिर निहुरिन दिने छैन।’

डोल्पाली जनताले आफूलाई पटक पटक सांसदको जिम्मेवारी दिएको उल्लेख गर्दै सांसद बुढाले उनीहरूको भावना अनुसार काम गर्ने बताए । उनले आफूले डोल्पाली जनताको हितमा सधै काम गरिरहेको समेत दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP