डोल्पा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध डोल्पामा एमालेले आन्दोलन गर्ने भएको छ ।

सदरमुकाम दुनैमा बुधबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नेकपा एमालेको जिल्ला कमिटीको बैठकले एमालेको केन्द्रीय सचिवालयको छैटौं बैठकको निर्देशनअनुसार चैत २८ गते पालिका स्तरमा र वैशाख ३ गते वडा स्तरमा प्रदर्शन गर्ने निर्णय गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष लंक बहादुर रोकायले जानकारी दिए ।

बैठकले अध्यक्ष ओलीलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको र बिना शर्त रिहाइको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको उनले बताए ।

जिल्ला अध्यक्ष रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठनका प्रतिनिधि, पालिका तथा वडा स्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP