डोल्पा । हिमाली जिल्ला डोल्पामा पुरानो लैलालालीभाका प्रतियोगिता- २०८२ आयोजना हुने भएको छ ।
नेपालीहरूको नयाँ वर्ष २०८३ को पावन अवसर पारेर रुपपाटन युट्युब च्यानल र खेलकुदकर्मी विमल रोकायाको संयुक्त रुपमा जिल्लाको ठुलीभेरी नगरपालिकाको विद्यामन्दिर मावि माझफालमा “पुरानो भाका, हाम्रो पहिचान-लैलालालीको सम्मान” भन्ने मुल नारासहित ‘डोल्पाको पुरानो भाका लैलालाली’ प्रतियोगिता आयोजना गरिने भएको हो ।


नयाँ वर्षको अवसर पारेर हुन लागेको उक्त प्रतियोगिता लोप हुन लागेको स्थानीय मौलिक संस्कृति जगेर्ना गर्ने तथा नयाँ पुस्तामा यसको पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार कार्यक्रममार्फत स्थानीय पुराना भाका, गीत-संस्कृति संरक्षण गर्दै युवापुस्तालाई सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरिने छ ।
आयोजक पक्षले कार्यक्रममा सबै सरोकारवाला, स्थानीयवासी तथा सांस्कृतिक प्रेमीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ।










