ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिकाले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सीपमूलक तालिमको समापन भएको छ। बिहीबार नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युको प्रमुख आतिथ्यतामा  रोजगार शाखा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको समन्वयमा सञ्चालन कार्यक्रमले आयोजना ५० दिन लामो तालिमको औपचारिक रूपमा सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकारी दिए।

“सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नारासहित सञ्चालित तालिममा नगरपालिका भित्रका वडा नं. ०७ र ०८ का ४० जनाले सहभागी भई विभिन्न व्यावसायिक सीप सिकेका छन्। कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाले अन्य वडामा पनि यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीपमूलक तालिम मार्फत जनशक्ति परिचालन भई नगरपालिकामा बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख बुढाले  सीप भएका नागरिकहरू देश विकासको मेरुदण्ड हुने उल्लेख गर्दै नगरपालिका भित्रका सबै युवालाई कुनै न कुनै माध्यमबाट व्यावसायिक तालिममा संलग्न गराउने योजना रहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डील प्रसाद रोकाया, वडा नं. ७ का अध्यक्ष धुर्ब बिक्रम शाही, वडा नं. ८ का अध्यक्ष मनराम ठकुल्ला, नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रत्नबिर कठायत लगायतका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त तालिमले सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बन्ने दिशामा टेवा पुर्‍याउने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै निरन्तरता दिने जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP