सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ। सोमबार अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक, २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।


मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएसँगै अब उक्त आर्थिक तथा विनियोजन विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ। यी विधेयकमार्फत आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको आय–व्यय, बजेट विनियोजन तथा राजस्व सम्बन्धी व्यवस्था कार्यान्वयनको कानुनी आधार तयार गरिनेछ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेका नीति, कार्यक्रम र बजेट प्रदेशसभामा प्रस्तुत भएपछि त्यसमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।











