जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै महानगर सञ्चालन र देश सञ्चालन फरक विषय भएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बमले देशको सबैभन्दा धनी महानगर चलाउने तरिका र एसियाकै गरिब मुलुकहरू मध्ये एक रहेको नेपाल चलाउने तरिका एउटै हुन नसक्ने बताएकी छन्।


उनले लेखेकी छन् ‘देशको सबैभन्दा धनी महानगर चलाउने तरिका र एसियाकै सबैभन्दा गरिब मध्येको एउटा देश चलाउने तरिका एउटै हुन सक्दैन। त्यसैले सम्हालिनुस्। महानगरकालीन धङधङी र उन्मादबाट बाहिर निस्किनुस्।’












