रुकुम पश्चिम । रुकुम पश्चिममा जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी सहसचिव विजया पुन मगरको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको विशेष उपस्थितिमा आयोजित भेलाले ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरेको हो ।

आज शुक्रबार बसेको भेलाले हिरा कुसारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरेको छ। सञ्जालको उपाध्यक्षमा सुशांक शाह, सचिवमा लक्ष्मी रावल, सहसचिवमा भावना सुनार र कोषाध्यक्षमा सिर्जना रोकाय चयन भएकी छन्।त्यसैगरी सदस्यहरूमा बिना कठायत, निरुता पुन मगर, विमला परियार र हिरा रावत रहेकी छन्।

जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका-०५ का वडा अध्यक्ष समीरजंग मल्ल, मुसिकोट नगरपालिका-१० का वडा अध्यक्ष वसन्त खड्का, मुसिकोट नगरपालिका-०१ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द तथा मुसिकोट नगरपालिका-०७ का वडा अध्यक्ष धनबहादुर खड्काको उपस्थिति रहेको थियो।

नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP