ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत । सुर्खेतमा जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी अध्यक्ष सगिता दमाईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको हो।

आज सोमबार बसेको भेलाले आशिका कोइरालाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको छ । अध्यक्षमा कोइराला सँगै सञ्जालको उपाध्यक्षमा सोनिया वलि, सचिवमा प्रकृति बस्नेत, सहसचिवमा चन्द्रा राना र कोषाध्यक्षमा दिप्ति गौतमलाई चयन गरिएको सञ्जालकी प्रदेश अध्यक्ष दमाईले जानकारी दिइन्। त्यसैगरी सदस्यहरूमा रोस्नी न्यौपाने, निरुता ढकाल, युनिस्का बम,नन्दा रोकाय,पुर्णिमा सुनार,पबित्रा राना,र किरण शर्मा चयन भएकी छन् ।

जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको थियो ।

नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP