डोल्पा – माथिल्लो डोल्पाका १ सय १८ घरधुरीलाई सौर्य प्यानल वितरण गरिएको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३, ताक्सी गाउँका १ सय १८ घरधुरीमा सौर्य ब्याट्री प्यानल सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङले जानकारी दिए।
Kadoorie Agricultural Aid Association (KAAA) तथा अन्य सरोकारवाला निकायहरूको साझेदारीमा माथिल्लो डोल्पाका ग्रामीण बस्तीमा ऊर्जा पहुँच पुर्याउने उद्देश्यले ताक्सिका १ सय १८ घरधुरीलाई सोलार सेट वितरण गरिएको हो।
कार्यक्रममा ताक्सीका प्रत्येक घरधुरीलाई सौर्य प्यानल, ब्याट्री, लाइट बल्ब, चार्जिङ पोइन्ट लगायतका सामग्री प्रदान गरिएको वडा अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए।
स्थानीयवासीहरूले सौर्य प्यानल वितरणबाट दैनिक जीवनमा सहजता आउने बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्। विद्युत् सुविधा नपुगेका दुर्गम गाउँहरूमा वैकल्पिक ऊर्जा स्रोत सोलार सेटले स्थानीय बासिन्दाको दैनिक जीवनस्तरमा राम्रो हुने देखिन्छ।













