ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा — यार्सागुम्बा संकलन गर्न डोल्पा पुगेका जाजरकोटका एक युवकको डोल्पा जिल्लास्थित नावरपानी बन क्षेत्रमा निधन भएको छ।  जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ८ का १९ वर्षीय धन बहादुर विकको नावरपानी यार्सा पाटनमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

प्राप्त जानकारीअनुसार, धन बहादुर यार्सागुम्बा टिप्नका लागि काईके गाउँपालिका क्षेत्र भित्र पर्ने नावरपानी लेख क्षेत्र पुगेका थिए। यहीं उनले ज्यान गुमाएका हुन्। घटनापछि डोल्पा जिल्ला काईके गाउँपालिका अन्तर्गत पर्ने बन्ठाडा उरुटोल प्रहरी चौकीका इञ्चार्ज महेश महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतकको शव फेला पारी उद्धार गरेको छ।

मृतक विकको शवलाई उद्दार गरी स्ट्रेचर मार्फत जिल्ला अस्पताल डोल्पा ल्याउँदै नेपाल प्रहरी फोटो: उत्तम रोकाया

प्रहरी टोलीले दुर्गम भौगोलिक अवस्थाका बाबजुद मृतकको शव आफैं बोक्दै सुरक्षित रूपमा जिल्ला सदरमुकाम दुनै  पुर्‍याएको जनाएको छ। यार्सागुम्बा संकलनका क्रममा वर्षेनी यस्ता दुःखद घटनाहरू घट्दै आइरहेको छ।

मृतकको शव पोष्टमार्टम तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला अस्पताल पठाइएको जनाइएको छ। मृतक विकको शवलाई पोष्टमार्टम गरी आफन्तलाई बुझाउने प्रकिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

यो वर्ष पनि विगतको तुलना झै  केहीले डोल्पाका यार्सा पाटनमा ज्यान गुमाएका छन्। वर्षेनी ज्यान गुमाउनेमा जिल्ला भित्रका भन्दा बाहिरी जिल्लाका रहेका छन्। छोटो समयमा मनग्न्य आम्दानी हुने आशले यार्सा सङ्कलन गर्न हजारौको संख्याको हारहारीमा डोल्पाका उच्च हिमाली यार्सा पाटनमा पुग्ने गर्छन्। अत्याधिक जाडो र उच्च हिमाली लेखका कारण लेख लागेर मृत्यु हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP