ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा: डोल्पाको साईकुमारी यार्सा पाटनमा एक युवतीको मृत्यु भएको छ। ठुलिभेरी नगरपालिका–५ माझफालकी २४ वर्षीया शान्ती रोकायाको साईकुमारी यार्सा पाटन स्थित असारे भन्ने ठाउँमा लेख लागेर उनको मृत्यु भएको हो।

मंगलबार राति करिब १२ बजे तिर यार्सा सङ्कलन गर्न पाटन पुगेको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि लेख लागेर उनको मृत्यु भएको बताइएको छ। उता जिल्ला प्रहरी कार्यालय डोल्पाले भने मृत्युको खबर हामी कहा आई नपुगेको जानकारी दिएको छ।

विगतको समय झै यो वर्ष पनि डोल्पाका यार्सा पाटनमा धेरैले ज्यान गुमाएको देखिन्छ। भौगोलिक विकटता र टेलीफोन सम्पर्क हुन नसक्दा यो वर्ष डोल्पाका यार्सा पाटनमा कतिले ज्यान गुमाए भन्ने यकिन भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार यो वर्ष जगदुल्लाको कागमारा यार्सा पाटन क्षेत्रमा जुम्लाका भिमबहादुर बाेहाेरा र काइकेको नावरपानी क्षेत्रको यार्सा पाटनमा जाजरकोटका धन बहादुर विकको मृत्यु भएको छ। यद्यपि डोल्पाका विभिन्न यार्सा पाटनमा हाल सम्म ४/५ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ।

यार्सा पाटनमा मृत्यु हुनेका आफन्तहरूले  पोस्ट्मार्टम गर्नु पर्ने र शवलाई बोकेर जिल्ला हस्पिटल सम्म ल्याउनु पर्ने झन्झटले गर्दा पनि मृत्यु हुनेको जानकारी स्थानियहरुले प्रहरीलाई  गराएका छैनन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP