ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा — “सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्पसहित गणतन्त्र र शासकीय सुधारका लागि हातेमालो गरौं” भन्ने मूल नाराका साथ डोल्पामा १८ औं गणतन्त्र दिवस विविध कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइएको छ।

दिवसको औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया सहभागी भए। उनले शहीदहरूको महान बलिदानले संभव बनाएको गणतान्त्रिक व्यवस्थाको संरक्षण र संवर्द्धन सबै नागरिकको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन नभई सामाजिक रूपान्तरणको प्रेरणा स्रोत भएको बताए।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढाले लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्न राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो। वक्ताहरू नेकपा (माओवादी केन्द्र) का ओमेन्द्र केसी, नेकपा (एमाले) डोल्पा अध्यक्ष लंकबहादुर रोकाया र नेपाली कांग्रेसका सचिव हिक्मतबहादुर शाहीले गणतन्त्रलाई समावेशी, समान र जनउत्तरदायी बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गणतन्त्र प्रणाली अब बालकबाट जवान भइसकेको भए पनि जनअनुभूतिमा अपेक्षित प्रभाव पार्न नसकेको स्वीकार गर्दै समावेशिता, संघीय अभ्यासको स्पष्टता र दक्ष जनप्रतिनिधिको अभावले नागरिकको विश्वास कमजोर बन्न गएको उल्लेख गरे।

यद्यपि कार्यक्रम औपचारिक रूपमा भव्य रूपमा सम्पन्न भए पनि सर्वसाधारणको सहभागिता न्यून रह्यो। आयोजकहरूका अनुसार यार्चागुम्बा संकलनका लागि अधिकांश स्थानीयवासी पाटनमा रहेका कारण उपस्थिति कम देखिएको हो।

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरीसहित सुरु भएको कार्यक्रम विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधिहरूले समेटिएको थियो। जिल्ला कारागार डोल्पामा रहेका कैदीबन्दी र थुनुवाहरूका लागि एक थान नेट झाली, एक थान भलिबल, दुईथान लुडाे र एक थान चेस वितरण गरिएको थियो। यस्तै, जिल्ला अस्पताल डोल्पामा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको थियो। यी सामग्रीहरू सामाजिक विकास कार्यालयको सहयोगमा उपलब्ध गराइएको थियो।

 

उक्त वितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, नेपाली कांग्रेसका सचिव हिक्मत शाही, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि ओमेन्द्र केसी, सामाजिक विकास कार्यालयका प्रमुख दुर्गा विष्ट, राष्ट्रिय अनुसन्धानका मेगराज कडेल र उद्योग वाणिज्य संघका लालिमान बुढा सहित जिल्ला स्थित सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP