काठमाण्डौ:आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय सरेको छ । यसअघि दिउँसो ३ बजे सरकारले अगामी वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको थियो ।
तर, आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन् ।


साँझ ५ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन्। बजेट अनुमोदन गर्न केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ











