ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

कमल टमटा :कहिल्यै लेख्न नपढ्न सक्ने तर आफ्ना हिँडाइ, पसिना र खुनबाट समाजको मेरुदण्ड बोकेर हिंड्ने समुदाय हो – दलित। तर, विडम्बना! त्यो श्रम, त्यो पसिना, त्यो कुशलता कहिल्यै सम्मानित भएन। युगौँसम्म राज्य, धर्म र समाजका नाममा साजिशपूर्वक बनाइएको जातीय विभाजन प्रणालीले यस समुदायलाई केवल श्रमको माध्यम बनायो – सम्मानको होइन, दासत्वको। आज पनि ‘दलित’ भनेर चिनिने कतिपय मानिसहरू दास मानसिकता लिएर बाँचिरहेका छन्। उनीहरूले राजतन्त्रप्रति न्यानोपन देखाउँछन्, पञ्चायतप्रति मोह राख्छन्, तानाशाहीप्रति लालसा व्यक्त गर्छन्। यो केवल चेतनाको पतन होइन यो शहिदको बलिदानमाथि घात हो।

 

इतिहासले थिचेको, सत्ताले कुचेको समुदाय

नेपाली समाजमा दलित समुदायलाई जननीले जन्माए पनि जनतामा गनिएन। गुँड बनाउने, खेत जोत्ने, हँसिया बनाउने, ताम्बा पिट्ने, भाँडा माझ्ने – हरेक क्रियाशील पेसा दलितसँग जोडियो, तर सधैं बिनासम्मान। राज्यले धर्मलाई प्रयोग गरी उनीहरूलाई अछुत बनायो, देवताभन्दा तल्लो बनायो। विद्यालय जान नपाउने, पानीको धारा छुने अपराध ठानिने, मन्दिर प्रवेशमा प्रताडना खेप्ने, ठूलाबडा घरमा तल्लो ढोकाबाट छिर्नुपर्ने अवस्था थियो। दशकौँसम्म बालीघरे प्रथाको नाममा शारीरिक श्रमको शोषण गरियो। श्रमले जिन्दगी चलाए पनि, श्रम नै बाँधिएको थियो दासत्वमा।

 

दलित आन्दोलन ! 

नेपालमा भएका हरेक सामाजिक परिवर्तनका आन्दोलनहरूमा दलित समुदायको भूमिका अनगिन्ती छ। चाहे राणाविरुद्धको आन्दोलन होस् या पञ्चायत विरोधी, हरेक आन्दोलनको अग्रपंक्तिमा दलित उभिएका छन्। २०५२ सालमा नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा पनि पहिलो सहिददेखि अन्तिमसम्मको बलिदानी यात्रा दलितका रगतले रञ्जित छ। कतिले आफ्नो परिवार गुमाए, कतिले जीवन, कतिले अङ्ग। तर उनीहरूले सोच्दै थिए– “हामी मरेर गए पनि, हाम्रो पुस्ताले मुक्ति पाओस्।” त्यही गणतन्त्र, त्यही लोकतन्त्र र समानताको मूल्य खन्याएर ल्याइएको संविधानको उपहास गर्दै कतिपय दलितहरू पुनः “राजा आऊ, देश बचाऊ” भन्दै सडकमा उभिन्छन्। प्रश्न उठ्छ के यो आन्दोलन चेतनाको हो, या चाकरीको?

 

राजावादी दलित! 

यो शासक तानाशाह थियो – जसले दलितलाई राज्यबाट हेर्नै अस्वीकार गर्यो। उनीहरूलाई “काम गर्ने बस्तु” ठानेर “मानव” भनेर कहिल्यै स्वीकार गरेन। शिक्षाको अधिकार थिएन, स्वास्थ्यको पहुँच थिएन, हक र समानताको कल्पना गर्न पनि मिल्दैनथ्यो। अनि आज त्यही शासक–वर्गलाई सम्झेर ताली बजाउने दलितलाई के भनौं? यो केवल अज्ञानता हैन, आत्मस्वाभिमानको आत्महत्या हो।

गणतन्त्र मुक्ति होइन भने के हो त ? आज हामीसँग संविधान छ जसले “जातीय, लैंगिक, भाषिक, धार्मिक, क्षेत्रीय वा अन्य कुनै पनि आधारमा भेदभाव गर्न पाइँदैन” भन्छ। संघीय संरचनाले स्थानीय शासनमा पहुँच दिएको छ। दलित आरक्षण छ, प्रतिनिधित्वको कोटा छ, कानुनी सुरक्षा छ। यो सम्पूर्ण प्रगति कुनै राजा, गोडामा ढोग्ने संस्कारले ल्याएको हैन– यो त रगत र विद्रोहको उपज हो।

तर, यिनै उपलब्धिहरूको मूल्य नबुझेर पुनः दास बन्ने मोहमा रमाउनेहरूको लागि अब प्रश्न उठाउनुपर्ने बेला भएको छ – के चेतनाले माफ गर्नेछ तिमीलाई? के इतिहासले क्षमा दिनेछ?

 

अबको आन्दोलन चेतना विरुद्ध हो

आजको लडाइँ दमन विरुद्धभन्दा बढी “दासत्वप्रतिको मोह” विरुद्धको हुनुपर्छ। अबको विद्रोह राजासँग होइन, आफ्नै मनमा बसेको दासत्वप्रति हुनुपर्छ।अब दलितहरूले भनिसक्नुपर्छ आफ्नो गणतन्त्र बनाएका छौँ, राज्य हाम्रै रगतले बनाएका छौँ। हामी माफी माग्दैनौँ, हामी अब नेतृत्व गर्छौँ।”

 

दासत्व त्याग्नुस् ! 

आज फेरि भन्न मन लाग्छ ‘राजा’ फर्काउने सपना देख्नु, त्यो पनि दलित भएर, यो आत्मस्वाभिमानको अपमान हो।

तपाईंले बनाएको संविधान छ, प्रणाली छ, प्रतिनिधित्व छ। अब पनि दास बन्नुहुन्छ भने तपाईंको मुक्ति कसरी सम्भव हुन्छ?शहिदले दिएको यो व्यवस्था तपाईंले तिरस्कार गर्न पाउनुहुन्न। अबको पुस्ताले फेरि माटो चाट्नुपर्ने परिस्थिति सिर्जना नगर्नुस्। दास बन्ने होइन, अब नेतृत्व गर्ने समय हो। चेतनालाई धार दिनुहोस्, इतिहासलाई सम्मान दिनुहोस्।

लेखक: कमल टमाटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP