ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा :– राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौं स्थापना दिवसको अवसरमा डोल्पा शाखाले शैक्षिक सामग्री वितरण गरेको छ। संघले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित हिमज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना सहित शैक्षिक सामग्री वितरण गरेको हो।

आईतबार संघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाका अध्यक्ष पुर्ण सार्की द्वारा विद्यालयमा अध्ययनरत झण्डै ५० जना विद्यार्थीहरुको उज्वल भविष्यको कामना सहित एक जना विद्यार्थी बराबर एउटा कपी र कलम बितरण गरिएको हो।

दलित समुदायका विद्यार्थीहरूको लागि मात्रै २०५१ सालमा स्थापना गरिएको युक्त विद्यालयमा गुणस्तरीय शैक्षिक स्तर सगै अहिले अधिकांश समुदायको पहिलो रोजाइ बन्दै गरेको छ। विद्यालयमा अझै पनि ८० प्रतिशत दलित सार्की समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन्।

विद्यालयका प्रधानाध्यापक मन बहादुर सार्कीले स्थापना दिवसमा विद्यार्थीको उज्वल भविष्यको लागि थोरै भएपनि शैक्षिक सामग्री वितरणको लागि आफ्नो विद्यालयलाई सम्झेकोमा संघ र जिल्ला शाखाका अध्यक्ष सार्कीलाई धन्यवाद दिँदै स्थापना दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरे।

देश भर विभिन्न सञ्चार माध्यममा आवद्ध समग्र दलित समुदायका छाता संगठनको रुपमा करिब १२ सय दलित पत्रकारहरुको पेसागत हकहितका संरक्षणका लागि २०७६ साल जेठको १८ गते नेपाली पत्रकारिता क्षेत्रका अग्रज पत्रकार विनोद पहाडीेको नेतृत्वमा संघको विधिवत रूपमा घोषणा गरिएको थियो । संघको स्थापना भएको छैटौं वर्षको अवधिमा देश भरका ७७ वटै जिल्लामा जिल्ला शाखाको गठन गरिएको छ। सोही अनुरूप संघको शाखा डोल्पामा पनि गठन गरी सार्कीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्माण समेत गरिएको छ।

फोटो फिचर 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP