ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

पुर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नै पहिचान समेटिएको आधिकारिक लोगो छनोट गरेको छ।

लोगो छनोटका लागि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर थापाको संयोजकत्व गठित समितिको आइतबार बसेको बैठकले लोगो छनोट गरेको नगरपालिकाका सूचना अधिकारी डा.हेमन्त शाहीले जानकारी दिए।

विभिन्न व्यक्ति तथा निकायले प्रस्तुत गरेका १४ वटा लोगो डिजाइनर मध्य दोलखा स्थित विरसम श्रेष्ठ ग्राफिकस डिजाइनर द्वारा तयार पारिएको लोगो अन्ततः छनोट भएको छ।

नगरपालिकाको गत वैशाख १७ गते बसेको बैठकले आफ्नै लोगो प्रयोगमा ल्याउने भनि समिति गठन गरी वैशाख १९ गते लोगो सम्बन्धी सूचना सार्वजनिक गरेको थियो। सोही अनुसार १ महिनाको समयावधि तोकी उत्कृष्ट लोगों बनाई सम्बन्धित कार्यालयमा पेश गर्न भनी सूचनामा भनिएको थियो।

आधिकारिक लोगोको लागि १४ वटा ग्राफिक्स डिजाइनरले लोगो बनाई नगरपालिकामा पेश गरेका थिए। ती मध्य विरसम ग्राफिक्स डिजाइनले तयार पारेको लोगों नगरपालिका द्वारा निकालिएको सूचना अनुसार उत्कृष्ट भै छनोट भएको हो।  नगरपालिकाले छनोट भएको लोगोलाई नगद रु. २५ हजार पुरस्कारको समेत व्यवस्था गरेको छ।

सूचना अधिकारी शाहीका अनुसार, छनोट गरिएको लोगो अब नगरपालिकाको कार्यपालिका बैठकमा पेश गरि र स्वीकृत गरे पश्चात सार्वजनिक गर्ने र आगामी दिनमा औपचारिक रूपमा प्रयोगमा ल्याइनेछ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP