ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

पुर्ण सार्की/डोल्पा: संघीय सरकारले हिमाली जिल्ला डोल्पाका विभिन्न स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै दुई अर्ब रुपैयाँ बराबरको अन्तरसरकारी वित्तीय अनुदान दिएको छ।

अन्तर सरकारी वित्तीय अनुदान अन्तर्गत संघीय सरकारले संघीय बजेट मार्फत डोल्पाका ८ वटै स्थानीय तहलाई गरी कुल रु १ अर्ब ९९ करोड ६९ लाख रकम विनियोजन गरिएको हो।

 

८ स्थानीय तहमा आएको अनुदान रकममध्ये सबैभन्दा बढी ठुलिभेरी नगरपालिकाले रु ३७ करोड ८८ लाख प्राप्त गरेको छ भने त्यसपछि त्रिपुरासुन्दरी नगरपालिकालाई रु ३६ करोड ९२ लाख प्रदान गरिएको छ।त्यस्तै,मुड्केचुला गाउँपालिकालाई रु २४ करोड ५४ लाख, जगदुल्ला गाउँपालिकालाई रु २२ करोड ४५ लाख, शे-फोक्सुन्डो गाउँपालिकालाई रु २२ करोड ४१ लाख, काइके गाउँपालिकालाई रु. १९ करोड ६२ लाख, छार्का ताङसोङ गाउँपालिकालाई रु १९ करोड ३४ लाख र सबै भन्दा कम डोल्पो बुद्ध गाउँपालिकालाई रु १६ करोड ५३ लाख अनुदान प्रदान गरिएको छ।

सरकारद्वारा प्रदान गरिने यो अनुदान रकम शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा र अन्य स्थानीय विकासका प्राथमिकतामा खर्च गरिनेछ।

संघीय र प्रदेश सरकारको अनुदान, आन्तरिक आयस्रोत र चालू आर्थिक वर्षमा खर्च हुन नसकेर बचत भएको बजेटलाई समावेश गरेर स्थानीय तहहरुले आगमी असारमा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP