ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२ मा एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । बुधबार आक्चेकाफल स्थित श्री त्रीवेणी आधारभूत विद्यालयका शिक्षक धन बहादुर कुसारीले कक्षा ६ मा अध्ययनरत छात्रछात्रामाथि कुटपिट गरेका हुन् ।

शिक्षक कुसारीले सामूहिक रूपमा लाठीले कुटेपछि विद्यार्थी रुँदै घर फर्केका थिए । बीचमै स्कुल छाडेर छोराछोरी रुँदै घर आएपछि अभिभावकले सोधीखोजी गरेका थिए । विद्यार्थीले आफूलाई शिक्षकले कुटपिट गरेको बताएका थिए । शिक्षकको कुटाइबाट छात्रछात्राको ढाड, खुट्टामा नीलडाम बसेको छ । शिक्षकले अन्धाधुन्ध आफ्ना छोराछोरीलाई कुटेपछि अभिभावकहरू अहिले बिधालयमा गएर छलफल गरिरहेका छन्।

शिक्षक कुसारी आफ्ना छोरा राजेश केसी सहित छात्रछात्रालाई घाइते बनाएर घर पठाएको अभिभावक दिपा केसीले बताईन्। अभिभावकहरुले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने मागसमेत गरेका छन् । सोधेको उत्तर दिन नसकेपछि शिक्षक कुसारीले उतर दिने बिधार्थी बाट उत्तर नदिनेलाई कुटपिट गरेको एक विद्यार्थीले बताए । शिक्षकको कुटाइबाट ७ जना छात्रा र ५ छात्र को ढाड ,हात र खुट्टामा नीलडाम बसेको छ ।

प्रधानाध्यापक डिल्ली घर्ती भन्छन, बुधवार म बिधालयमा उपस्थित थिएन्। बिधार्थी कुटिएका छन्। घटनाको छानबिन भैरहेको छ । सामान्य कुरा हो । यसलाई ठुलो इस्यु बनाउनु आवश्यक छैन्। प्रधानाध्यापक घर्तीका अनुसार अभिभावक लाई बोलाएर बिधालयमा छलफल भैरहेको बताए ।

पीडित विद्यार्थी राजेश केसीले भने विद्यार्थीको कुरा नसुनी प्रश्नको उत्तर नदिएको भन्दै उत्तर दिएका बिधार्थीबाट आफुलाई निलडाम हुनेगरी शिक्षकले कुटपिट गरेको पीडित विद्यार्थी बताउँछन् । ‘स्कुलमा राम्रोसँग पढाइ हुँदैन,’ पीडित विद्यार्थी केसीले भने, राम्रो सँग नपढेको कुराको कसरी उत्तर दिनु नजाने पछी हात र ढाडमा लठ्ठीले हान्नुभयो, पढाउने वेलामा शिक्षकहरू मोबाइल चलाएर बस्नुहुन्छ ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP