सुर्खेत:कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारकाे नीति तथा कार्यक्रमलाई उट जस्ताे भएको बताएका छन्। ।
बिहीबार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको तेश्रो पूर्ण बैठकमा बोल्दै उनले संघीयताको नाममा सिमित अधिकार मात्रै प्रदेशमा बाँडिने तर ठूला स्रोत साधनहरू केन्द्रीय सरकारले मात्रै हातमा राख्ने प्रवृत्तिले संघीयता कमजोर भएको बताएका छन्।


पाँच वटा प्रदेशकाे बजेट भन्दा संघ सरकारको बजेट बढि रहेकाले संघीयकाे नाममा मुठि भर चिज अाफूसँग राख्ने तरिकाले संघीयताकाे अभ्यास राम्राे नभएकाे उल्लेख गर्दै कर्णाली प्रदेश ‘पछि परेको नभई पछि पारिएको’ अवस्थामा रहेको पनि दाबी गरे।
शर्माले स्विजरल्याण्डबाट विकासका लागि ल्याउन लागिएको रकम संघ सरकारले अनुमति नदिएर रोकिएको खुलासा समेत गरे। “पुराना कानुनले गर्दा काम गर्न कठिन भएको छ, कानुन दैवले जानुन झैँको अवस्था बनेको छ”उनले भने।
उनले अब पुराना तरिका त्यागेर नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, प्रेस सेन्टरका साथीहरुले कलमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए।











