ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

सल्यान जिल्लाकी सक्रिय सन्चारकर्मी तथा कान्तिपुर टेलिभिजनकी  संवाददाता  सरिता चलाउनेलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ४० हजार रुपैयाँ राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

चलाउनेले विगत १० वर्षदेखि वन तथा वातावरणसँग सम्बन्धित विषयमा निरन्तर कलम चलाउँदै आएकी छिन्। विशेष गरी उनले जिल्लामा वन वातावरण, जलवायु परिवर्तनको असरबारे रिपोर्टिङ गरिरहेकी छन्। उनलाई उनले गरेका रिपोर्टको आधारमा  पुरस्कृत गरिएको हो ।

स्थानीय स्तरमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिमा पत्रकार चलाउनेको योगदान उल्लेखनीय रहेको छ ।

यसअघि पनि उनले अन्तरास्ट्रिय इन्जा पत्रकारिता पुरस्कार, रोटरी इन्टरनेसनल  जर्नो अवार्ड, पहिलो कर्णाली प्रदेश पत्रकारिता पुरस्कार लगायतका सम्मान प्राप्त गरिसकेकी छन्।

उनी  प्रेस सेन्टर नेपालकी सल्यान जिल्ला अध्यक्ष समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP