ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

पुर्ण सार्की/सुर्खेत: नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको रूपमा रहेको इन्जिनियरहरुको संगठन नेपाल राष्ट्रिय इन्जिनियर संगठन  सुर्खेत जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको इत्राम स्थित ए नाइन रेस्टुरेण्टमा सम्पन्न प्रथम सम्मेलन बाट ई. रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

अध्यक्षमा गिरी सगै उपाध्यक्षमा ई.गोरख नेपाली , सचिवमा ई.माधव प्रसाद पाण्डेय, सहसचिवमा ई.ईन्जन शाही, कोषाध्यक्षमा ई. अनु देवकोटालाई सर्वसम्मत निर्वाचित भएका हुन् त्यस्तै सदस्यमा ई.इज्जत शाही सगै ई.नवराज गिरि ,ई.शिब कार, ई.सन्जिब थापा,  ई.पुस्प कमल आचार्य, ई.नवीन शाही सहितका सदस्यहरु चयन भएका छन्।

 सुर्खेतका सबै  क्षेत्र र भूगोल समेट्ने गरी नेपाल राष्ट्रिय इन्जिनियर संगठन जिल्ला शाखाको जिम्मेवारी प्रदान गरिएको संगठनका प्रदेश संयोजक रत्न प्रसाद शर्माले जानकारी दिए।

नेपाल राष्ट्रिय इन्जिनियर संगठनको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनलाई प्रभावकारी रुपमा सफल बनाउन उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र सम्पूर्ण अतिथिहरु, , साथीहरु, नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको केन्द्रीय कमिटि, प्रदेश कमिटी लगायत सिङ्गो आयोजक टिम प्रति हार्दिक आभार प्रकट सगै धन्यवाद व्यक्त गर्दै गिरीले आफूले पाएको  जिम्मेवारी र संगठनमा आबद्ध इन्जिनियरहरुका समस्या सकेसम्म छोटो भन्दा छोटो अवधिमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्मेलनका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका संसदीय दलका नेता एबम् पूर्व मुख्य मन्त्री राकुमार शर्माले संगठनको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

त्यस्तै कार्यक्रमका विशेष अतिथ समेत रहेका कर्णाली प्रदेश सभा सदस्य एबम् पुर्व मन्त्री विर बहादुर शाहीले कर्णालीमा मात्र नभई देशव्यापी रूपमा इन्जिनियर संगठनले पार्टी चलाउनु पर्ने धारणा व्यक्त गर्दै पार्टीले आफू निकट इन्जिनियरहरुको भातृ संगठनमा आबद्ध इन्जिनियहरुलाई संरक्षण नगरेको र आगामी दिनमा आफूले संरक्षणको लागि केन्द्रीय नेतृत्व देखि प्रदेश नेतृत्व सम्म पहलकदमी थाल्ने जानकारी दिए।

कर्णाली प्रदेशका दुई जिल्लामा मात्रै संगठन निर्माण गरिएको छ। आगामी दिनमा बाँकी सबै जिल्लामा संगठन निर्माण गरी संगठनलाई थप मजबुत बनाउँदै जाने प्रदेश संयोजक शर्माले बताए।

सम्मेलनमा पूर्व मुख्यमन्त्री शर्मा, पूर्व मन्त्री तथा फ्राक्सन ईन्चार्ज शाही, संगठनका केन्द्रीय संयोजक ई. विजय विष्ट, कर्णाली प्रदेश संयोजक ई.  शर्मा सगै संगठनमा आस्थावान सुर्खेत जिल्लाका इन्जिनियरहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP