बम बहादुर सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालित दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको पहिलो दिनमा २ सय १० जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।



एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य सेवा कार्यालय डोल्पा र KAHS, जुम्लाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ०१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा आईतवार बिहान देखि सञ्चालित निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको पहिलो दिनमा विभिन्न स्वास्थ्य परीक्षण सहितको सेवा २१० जनाले लिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडले जानकारी दिए।

दुई दिन सम्म चल्ने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा छाला, आँखा, दन्त रोग, पेट तथा छातीको चेकजाँच सगै भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको छ ।

शिविर सोमबार पनि बिहान १० बजे देखि सञ्चालन हुने र यहाँका स्थानीय बासिन्दाका लागि लाभदायी हुने भन्दै सबैलाई शिविरमा उपस्थित भै आफ्नो स्वास्थ्य चेकचाज गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध गरेको छ।

शिविरमा नगरपालिका भित्रका बासिन्दा सगै जिल्ला भरका नागरिकले समेत सेवा लिन पाउने छन्।











