ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

काठमाण्डौ: — आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ। स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ३२१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि भीम सार्की, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले अर्धशतक प्रहार गरे पनि अन्तिम क्षणमा स्कटल्याण्ड भाग्यमानी सावित भयो। १८३ रनमा ६ विकेट गुमाइसकेको नेपाललाई ऐरी र कामीले सातौं विकेटका लागि १०५ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको नजिक पुर्‍याएका थिए। तर, ऐरी ४७औं ओभरमा र कामी ४८औं ओभरमा आउट भएपछि दबाब फेरि नेपालतिर फर्कियो।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक रहेको अवस्थामा करण केसी स्ट्राइकमा थिए र स्कटल्याण्डका अनुभवी बलर सफिया शरिफले बलिङ गरे। पहिलो बलमा दुई रन लिएपछि दोस्रो बल डट भयो भने तेस्रो बलमा करण क्याच आउट भए। बाँकी तीन बलमा नेपाललाई पाँच रन आवश्यक थियो। ललित राजवंशीले ब्याटबाट मिस गरेपछि एक बाइ रन लिँदा सन्दीप लामिछाने स्ट्राइकमा आए र उनले एक रन मात्र लिन सके। अन्तिम बलमा ललित बोल्ड भएपछि नेपालको जितको आशा टुट्यो।

 

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दिपेन्द्रसिंह ऐरीले ५६ रन बनाए। बलिङतर्फ स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २-२ तथा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १-१ विकेट लिए।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले कप्तान रिची बेरिङटनको शतक र माइकल लिस्कको विस्फोटक पारीको मद्दतले ६ विकेटको क्षतिमा ३२३ रन बनाएको थियो। कप्तान बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए भने लिस्क १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे। ओपनर चार्ली टियरले पनि ६८ रन बनाए।

 

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन सहित ७४ रन खर्चेर २ विकेट लिए भने ऐरीले २ विकेट र ललित राजवंशीले १ विकेट लिए।

 

यो स्कटल्याण्डसँगको हारले नेपाललाई अंक तालिकामा धक्का लागेको छ। नेपालले हालसम्म १५ खेल खेल्दा १० अंक बटुलेको छ, जबकि स्कटल्याण्डले १७ खेलमा २२ अंक जोडेको छ।

 

लिग २ मा आठ एसोसिएट टोलीबीच प्रतिस्पर्धा भइरहेको छ र शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा सोझै स्थान बनाउने छन्। नेपालले यसअघि लिगको पहिलो खेलमा स्कटल्याण्डलाई तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP